24.1 C
Kathmandu

बचत रकम सकिएकोले अब तेल ल्याउन ऋण आवश्यक भएको निगमको भनाई

काठमाडौँ / तेलमा भएको निरन्तरको घाटाका कारण हालसम्म सञ्चित भएको बचत रकम सकिएकोले नेपाल आयल निगमले बचत रकम सकिएकोले अब तेल ल्याउन ऋण आवश्यक भएको जनाएको छ । मंगलवार विज्ञप्ति जारी गर्दै निगमले संचित बचत शून्यको अवस्थामा पुगेको उल्लेख गरेको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनलाई ५ दिनपछि भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने भएकाले सो रकम ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विज्ञप्तिमा भनिएको छ आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाँ घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइ राख्न हालको खरिद मूल्यअनुसार निगमलाई १२ अर्ब रुपैयाँको आवश्कता देखिन्छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा ३ पटक मात्रै मूल्य समायोजन गरेको निगमले माघ २ गते भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा, मट्टितेलमा २० रुपैयाँ ५० पैसा, हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा भइरहेको जनाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार