26.1 C
Kathmandu

कालोसूचीमा परेको व्यक्तिले बैंकमा खाता खोल्न नपाउने

काठमाडौँ /बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता खोलेर बचत गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था उल्लेख गरिएको छ । यो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ ।

‘इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।’

यसअघिको कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाउने व्यवस्था रहे पनि बैंकले त्यस्ता खाता खोल्नुअघि कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्ने अनिवार्य व्यवस्था थिएन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार