23.1 C
Kathmandu

बचतकर्ताको रकम फिर्ता गर्छाैः तुलसी बहुमुखी सहकारी

विराटनगर/ तुलसी बहुमुखी सहकारी संस्था लि. ले विगत केही दिन यता विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारका प्रति आफनो गम्भिर ध्यानक्रर्षण भएको जनाएको छ ।

विराटनगर महानगरपालिका वडा न. २ मा मुख्य कार्यालय रहेका यो संस्थाले आज विज्ञप्ति मार्फत ग्राहकहरुलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै बचतकर्ताको रकम सुरक्षित रहेको र सम्पूर्ण रकम फिर्ता गर्ने सञ्चालक समितिका तर्फबाट प्रतिवद्धता ब्यत्त जनाएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मन्दिप खवाशद्धारा जारी प्रतिवद्धता पत्रका अनुसार पछिल्लो समयमा मुलुक भित्र देखिएको चरम आर्थिक मन्दिका कारण लगानी जुन रुपमा उठ्नु पर्ने हो, उठ्न नसक्दा तरलता व्यवस्थापन गर्न कठिनाइ भएको हो । संस्थाले केही अनलाइन सञ्चार माध्यमबाट समाचार आए पछि धेरै सदस्यहरु एकै पटक आफ्नोे बचत रकम फिर्ता लिन सदस्य सेवा काउन्टरमा आउँदा सहकारीमा तरलता सकिएकोले पुर्वाञ्चल शाखाहरुमा एकै पटक असर देखिएको जनाएको छ ।

ग्राहकहरुले एकै पटक रकम निकाल्दा सहकारी ऐन बमोजिम राखेको तरलता पनि सकिएको बताउँदै प्रतिबद्धता पत्रमा बचतको ठुलो हिस्सा बजारमा लगानी गरेको र त्यो लगानी सुरक्षीत रहेको उल्लेख छ । संस्थाले आफूसँग भएका स्थिर सम्पति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

संस्थाले तुलसी फुल स्टिम राइस प्लान्ट, कृषि उपज खरिद बिक्री, कृषि औजार, गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर लगायत साना तथा मझौला व्यवसायीहरुमा पनि ऋण लगानी गरेको उल्लेख गरिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार