23.1 C
Kathmandu

बिओकेको एनआरएन लक्षित निक्षेप खाता सार्वजनिक

काठमाडौं/ बैंक अफ काठमाण्डू लिमिटेडले गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । बैंकले उच्च लाभ दिने उद्देश्यसहित विदेशमा आयआर्जन गरिरहेका ग्राहकलाई लक्षित गरी खाता सञ्चालनमा ल्याएको हो ।

गैरआवासीय नेपालीले यस बैंकमा अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, क्यानेडियन डलर तथा जापानी येनलगायतका मुद्राहरूमा खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम ५ दशमलव ५ प्रतिशतसम्मको वार्षिक ब्याजदर पाउने जनाइएको छ । साथै, गैरआवासीय नेपालीले खाता खोलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्ने बैंकले उल्लेख गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीले आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा ९४ शाखा, ८४ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार