8.1 C
Kathmandu

क्लासिक टेकद्वारा स्टार्टअपका लागि ४० प्रतिशत छुटसहित ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र नयाँ स्थापना भएका स्टार्टअपहरूलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ नामक उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायहरूलाई भरपर्दो, द्रुत र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ व्यवस्था अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपहरूले यस प्याकेजअन्तर्गत १ जिबीपिएसको इन्टरनेट गति, १ टिबी डाटा र पब्लिक आइपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। यस प्याकेज लिने ग्राहकलाई कम्पनीले वाई-फाई ६ राउटर निःशुल्क उपलब्ध गराउनुका साथै निःशुल्क सर्भे, जडान (इन्स्टलेसन) र सेटअप सेवा समेत प्रदान गर्नेछ।

एसएमई प्रो म्याक्स प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि टेलिफोन नम्बर ९८०२६२२३०३ वा कम्पनीको कर्पोरेट इमेल ठेगाना (corporate@classic.com.np) मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। यस योजनामा तोकिएका निश्चित सर्तहरू लागू हुनेछन्।

थप समाचार

ताजा समाचार