29.1 C
Kathmandu

वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

काठमाडौँ /सत्तारूढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने सहमति भएको छ। आगामी बैठकमा छलफल गरि निर्वाचनको मिति तय गरिने बताइएको छ ।
मंगलबार बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो। बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए । निर्वाचनको मिती र अन्य थप विषयमा छलफल र निर्णयको लागि माघ ६ गते पुनः गठबन्धन समन्वय समितिको बैठक बस्नेछ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संक्रमणमुक्त नभएकाले बैठकमा सहभागी भएका थिएनन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार