26.1 C
Kathmandu

शिवम् सिमेन्टले गर्याे निर्माणकर्मीहरूका लागि ५ लाख रुपैयाँको जोखिम बिमा

काठमाडौं /शिवम् सिमेन्टले मुलुकका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार ४५ निर्माणकमीरूसँग निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रमा सम्पन्न गरेको छ ।योसँगै कम्पनीले दैनिक निर्माण कार्यमा खट्ने निर्माणकर्मीहरूका लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बिमा गराएको छ । कार्यक्रममा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय, भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
कम्पनीले हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

#शिवम्

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार