23.1 C
Kathmandu

सिंहदरबार प्रवेशमा कडाइ, पुराना पास खारेज

काठमाडौँ र कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो । जस अनुसार सिंहदरबार प्रवेशका लागि जारि गरिएका पुराना पास खारेज गरेको छ ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ । गृह मन्त्रालयद्धारा जारी सूचना अनुसार अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ । पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार