29.1 C
Kathmandu

मुलुकको करिब ६५ प्रतिशत जनसंख्या बिमाको पहुँच भन्दा बाहिर

नागरिकमा बिमासम्बन्धी चेतना नहुनु, बिमा कम्पनीहरू सहरि तथा सुविधासम्पन्न क्षेत्रमा सीमित रहनु लगायतका कारणले मुलुकको जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित छन् ।

काठमाडौँ /मुलुकको करिब ३५ प्रतिशत जनसंख्यामा मात्रै बिमा पहुँच पुगेको छ । बिमा समितिको तथ्यांकअनुसार अहिले पनि मुलुकको करिब ६५ प्रतिशत जनसंख्या बिमाको पहुँच भन्दा बाहिर रहेका छन् । यो तथ्यांक पुस मसान्तसम्मको हो ।

समितिका अनुसार गत आर्थिक वर्षको पुससम्म २४.४६ प्रतिशत जनसंख्या मात्रै बिमाको पहुँचमा समेटिएका थिए । नागरिकमा बिमासम्बन्धी चेतना नहुनु, बिमा कम्पनीहरू सहरि तथा सुविधासम्पन्न क्षेत्रमा सीमित रहनु लगायतका कारणले मुलुकको जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अनिवार्य रूपमा बिमा गर्नुपर्ने हुन्छ । बिमा पहुँचको तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूको बिमालाई अलग राखिन्छ । यस्तो बिमालाई हटाउँदा पुससम्म कुल जनसंख्याको ३१।९७ प्रतिशतमा मात्र बिमा पहुँच पुगेको छ । २०७७ पुसमा यो आँकडा २२।५ प्रतिशत थियो । पुससम्म ९ लाख ९ हजार ९ सय ९ जनाले वैदेशिक रोजगार बिमा गरेका समितिको तथ्यांक छ ।

हाल मुलुकभर १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । विभिन्न बिमा कम्पनीहरूले ३ हजार २ सय ७९ वटा शाखा कार्यालयमार्फत मुलुकभर बिमा सेवा दिँदै आएका छन् । अघिल्लो पुससम्म यो संख्या २ हजार ८ सय ४६ थियो । पुससम्म जीवन बिमालेख कम्पनीहरूले कुल १ करोड १० लाख ४१ हजार बिमालेख जारी गरेका छन् । यही अवधिमा निर्जीवन बिमा कम्पनीले १४ दाख ८५ हजार ८ सय ५१ वटा बिमालेख जारी गरेका छन् । गत वर्षको यही अवधिमा जीवन बिमा कम्पनीले ७७ लाख २५ हजार र निर्जीवन बिमा कम्पनीले १४ लाख ९८ हजार बिमालेख जारी गरेका थिए । अघिल्लो पुससम्मको तुलनामा चालु वर्षको सोही अवधिसम्म जीवन बिमा कम्पनीद्वारा जारी बिमालेख करिब ४३ प्रतिशतले बढी हो । निर्जीवन बिमा कम्पनीहरूद्वारा जारी बिमालेख ०.८४ प्रतिशतले घटेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार