29.1 C
Kathmandu

अर्थले रोकिदियो १ वर्षदेखि कोरोना बिमाको भुक्तानी

काठमाडौँ — अर्थ मन्त्रालयले रकम रोकिदिँदा विगत १ वर्षदेखि कोरोना बिमाको भुक्तानी रोकिएको छ । बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने रकम नदिँदा करिब एक वर्षदेखि करिव १ लाख जनाको कोरोना बिमा दाबी भुक्तानी रोकिएको हो । अर्थ मन्त्रालयले बिमाको भुक्तानीका लागि स्रोत नभएको भन्दै रकम निकासा रोकेपछि यस्तो समस्या आएको हो ।

गत चैतदेखि बिमा कम्पनीहरूले कोरोना बिमा भुक्तानी रोकिएको छ ।झण्डै १ वर्ष देखि बिमाको दाबी भुक्तानी बापतको रकम नपाउँदा नागरिकहरुमा बिमाप्रतिको विश्वास नै गुमेको छ । सरकारले प्रतिबद्धता जनाए अनुसारको रकम नदिएको बिमा कम्पनीहरूको आरोप छ । तर बिमा कम्पनीहरुले पनि दाबी भुक्तानीका लागि इच्छा देखाएका छैनन् । जसले गर्दा कोराना बीमा गरेका बिमितहरू अधिकारबाट वञ्चित हुने अवस्था आएको हो ।

बिमा समितिका अनुसार कोरोना बिमाबापत कम्पनीहरूले १० अर्ब ५० करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ५ हजार बिमितले भुक्तानी पाउन बाँकी छ । भुक्तानी गर्न बाँकी दाबीमध्ये धेरैजसो प्रतिव्यक्ति एक लाख रुपैयाँका छन् । प्रतिव्यक्ति ५० हजार र उपचार खर्चका आधारमा भुक्तानी हुने दाबी निकै थोरै रहेको समितिले जनाएको छ ।

कोरोना बिमालेखअन्तर्गत १७ लाख ५८ हजार ३ सय ४३ जनाले कोरोना बिमा गरेका थिए । बिमालेख बिक्रीबाट कम्पनीहरूले करिब १ अर्ब ५ करोड रुपैयाँ मात्र बिमा शुल्क संकलन गरेका छन् । बिमा गरेकामध्ये १ लाख ६१ हजार ५ सय ४९ जनाले बिमा दाबी गरेका छन् । परेको कुल दाबी १५ अर्ब ९३ करोड २० लाख रुपैयाँ हो । त्यसमध्ये हालसम्म करिब ४ अर्ब ८१ करोड ७८ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ । भुक्तानी भएको रकममध्ये बिमा पुलबाट ३ अर्ब ५० करोड रुपैयाँ र बिमा कम्पनीहरूबाट १ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ भुक्तानी भएको छ । यसअनुसार अब सरकारले ११ अर्ब ८२ करोड २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

उल्लिखित रकम सरकारले भुक्तानी गरेपछि सबै बिमितको रकम भुक्तानी गर्न सकिने बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘कोरोना बिमाको मापदण्डअनुसार अब भुक्तानी गर्न बाँकी रकम सरकारको दायित्वअन्तर्गतको मात्र हो,’ उनले भने, ‘कम्पनीहरूले मापदण्डमा भएको भन्दा धेरै रकम भुक्तानी गरिसकेका छन् ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार