29.1 C
Kathmandu

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारणसभा रोक्न अदालतको आदेश

ललितपुर / नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९ औं साधारणसभा स्थगित गर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ ।

संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेको भन्दै परेको निवेदनको सुनुवाइ पछि जिल्ला अदालतले साधारण सभा नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिएको हो । आदेशपछि एउटा समूहले गर्ने भनिएको साधारणसभा स्थगित भएको छ ।
संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारणसभा गर्ने घोषणा गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार