26.1 C
Kathmandu

माघ १ देखि लागू हुनेगरी ट्याक्सीको भाडादर समायोजन

काठमाडौँ/ वाग्मती प्रदेश सरकारले माघ १ गतेदेखि लागू हुने गरी ट्याक्सीको भाडादर समायोजन गरेको छ । मन्त्रालयले ‘भाडा निर्धारण र समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ बमोजिम नयाँ भाडादर लागू गरेको हो । जसअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सीका हकमा पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (सुरुवाती कल) ६० रुपैयाँ कायम गरिएको छ ।

सुरुको एक किलोमिटरपछि प्रति २ सय मिटरको दूरीमा ९ रुपैयाँ ८० पैसाका दरले थप हुँदै जाने श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । भाडादर समायोजन भएपछि ट्याक्सीहरुले पूर्णरुपमा मिटर प्रयोग गर्नेु पर्ने र मिटरमै हिँड्नु पर्ने सर्त राखिएको छ ।

सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्नेवित्तिकै सवारी साधनको नम्बर, चालकको फोन नम्बरसहितको विवरण भएको कार्ड उपलब्ध गराउनु पर्ने यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था शाखाका अधिकृत प्रकाश अधिकारीले जानकारी दिए । त्यसो गर्दा ट्याक्सीमा छुटेको सामान पनि सुरक्षित हुनेछ । ट्याक्सीमा छुटेको सामान प्रहरीलाई दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाइ गरी लैङ्गिक विभेदरहित व्यवहार गर्नु पर्ने समेत सूचनामा उल्लेख छ ।

ट्याक्सीमा सुरुवाती भाडादर बढाएर समायोजन गरिए पनि ट्याक्सी व्यवसायी भने सन्तुष्ट छैनन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले भाडा समायोजन स्वागतयोग्य भए पनि आफूहरुको मागअनुसार हुन नसकेको बताए । ‘सुरुवाती कलमा न्यून रुपैयाँ समायोजन भएको छ,’ उनले भने, ‘मन्त्रीज्युलाई पनि संसोधनको लागि आग्रह गरिसक्यौं ।’ प्रदेशको निर्णयअनुसार नै माघदेखि नयाँ भाडादर लागू गरेपनि भाडादर संसोधनको लागि प्रदेशलाई ताकेता गरिरहने उनले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार