26.1 C
Kathmandu

नारायणहिटीमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रिया नै गलत

काठमाडौँ /पर्यटन मन्त्रालयद्धारा गठन गरिएको छानविन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रिया नै गलत भएको निष्र्कष निकालेको छ । मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरि नारायणहिटी ठेक्का सम्बन्धमा छानविन थालेको थियो । समितिले ठेक्का प्रक्रिया गलत भएको निष्कर्ष निकालेको हो ।

नारायणहिटी विकास समितिले २०७७ मा त्यहाँका जग्गा र घरको मूल्य तोकेर बोलपत्र आह्वान गर्ने निर्णय मात्र गरेको थियो । बतासलाई तीन वर्षको समयसीमा तोक्ने, बगैंचा बनाउन दिने, अरू जग्गा चाहिएमा पछि लिन सक्ने, ठेक्का अवधि सकिएपछि तीन वर्षको म्याद थप्ने लगायतका विषयमा कुनै सम्झौतामा देखिएन । यी सबै निर्णय संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा भएको श्रोतको दावी छ ।
समितिले आइतबार छानबिनको काम पूरा गरेको स्रोतले जनाएको छ । छानबिनमा नारायणहिटीमा क्यान्टिन सञ्चालन सम्बन्धि भाडा प्रक्रियामा कार्यकारी निर्देशक दाहालले ‘अस्वाभाविक चासो’ राखेको समेत पाइएको छ । समितिले बतास समूहले थप १४ रोपनी जग्गा बिनासम्झौता कब्जा गरेर भौतिक संरचना निर्माण गरी कानुनविपरीत भोगचलन गरेको समेत पाइएको जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार