29.1 C
Kathmandu

आगन्तुक रिसोर्टमा सांग्रीला बैंकका ग्राहकलाई २३ प्रतिशसम्म छूट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्ट बीच एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट.ले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी उक्त सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्टका तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा बढीमा १५ प्रतिशत र आवासमा २३ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा क्यूआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०५ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार