29.1 C
Kathmandu

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्ने सहमति, आजै संसदमा पेश हुने

काठमाडौँ /अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौता संसद्‍मा टेबल गर्ने विषयमा सत्ता गठबन्धनका वीचमा सहमति जुटेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् ।

गठबन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गर्ने सहमति भएको बताए । ‘सडकमा होइन, संसद्‍मा गहन छलफल गरेर निर्णयमा पुगौँ भनेर सहमति भयो,’ मन्त्री कार्कीले भने, ‘आजको बैठकमा एमसीसी टेबल हुन्छ । यसमाथि उठेका जे जस्ता प्रश्न छन्, ती प्रश्नहरुमाथि छलफल हुन्छ, र यसले निकास पाउँछ ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार