26.1 C
Kathmandu

ट्राफिक प्रहरीको ज्याजति विरुद्ध यातायात मजदुर आन्दोलित, माग पूरा गराउन देशैभरको यातायात ठप्प

काठमाडौं । ट्राफिक प्रहरी र वातावरण विभागको ज्याजति विरुद्ध यातायात व्यवसायी मजदुर आन्दोलित भएका छन् । आफूहरुले राखेको माग पूरा गराउद देशैभरको यातायात ठप्प पार्ने घोषणा यातायात मजदुरले गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संघठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले सोमबार साँझ विज्ञप्ति नै निकालेर देशैभरको सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।

यातायात मजदुरले २ फागुनदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायत मजदुरका तीन वटा संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु पूरा नभए फागुन २ गतेदेखि गाडी नचलाउने घोषणा गरेका हुन् ।

तीनवटै मजदुर संगठनले विभिन्न १० बुँदे माग गरेको र पूरा नभए भोलिदेखि नै गाडी नचलाउने बताएका छन् । आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार