26.1 C
Kathmandu

एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाडौं / नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा मुछिएका सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझीलाई ििबहिबार बुटवलबाट नियन्त्रणमा लिइएको बताइएको छ । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको उच्च प्रहरी स्रोतले बताएको छ ।

बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो।

रायमाझीका छोरा सन्दीप रायमाझी हिजै पक्राउ परिसकेका छन्। प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाए)को पाइएको छ । गिरोहका केही ब्यक्ति पक्राउ परेपछि यससँग जोडिएका उच्च पदस्थहरु पनि पक्राउ पर्न थालेका हुन ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार