23.1 C
Kathmandu

घरजग्गामा बैंकहरूको ऋण घट्यो

काठमाडौँ / एक वर्षको समीक्षा अवधिमा घरजग्गामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ८२ प्रतिशतले घटेको पाइएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष सोही अवधिमा घरजग्गा क्षेत्रमा २९ अर्ब ६ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह भएकोमा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गाको कारोबारमा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै ऋण लगानी भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा आवासीय, व्यापारिक कम्प्लेक्स, व्यक्तिगत आवासीय कर्जा, जग्गा खरिद र प्लटिङ लगायतका सबै कारोबारमा अत्यन्तै न्यून ऋण प्रवाह भएको छ । ८ महिनाको यो अवधिमा आवासीयमा २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ र व्यापारिक कम्प्लेक्समा १ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी भएको छ । गत वर्ष सोही अवधिमा आवासीयमा ४ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ र व्यापारिक कम्प्लेक्समा ५ अर्ब ७० करोड ९५ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षको ८ महिनामा ९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ३९ अर्ब ४ करोड ५१ लाख रुपैयाँ प्रवाह भएको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार