26.1 C
Kathmandu

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, आन्तरिक तयारी पूरा

चितवन । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० यही वैशाखदेखि हुने भएको छ । प्रदर्शनीको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो । औद्योगिक प्रदर्शनी बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुुने भएको छ ।

प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघले निजी क्षेत्रका संस्था र सरकारसँगको समन्वयमा गर्ने भएका छन । औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने छन् । केही स्टल बैशाख २१ गतेसम्म बुकिङ गर्न सकिनेछ ।

प्रदर्शनी अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ । उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनी रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूकाबीच प्रत्यक्ष भेटघाट तथा छलफल भई औद्यागिक अनुभव तथा ज्ञान आदान प्रदान समेत हुनेछ । प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने÷नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त अवसर बन्ने कँडेलले बताए ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रदर्शनीको समुद्घाटन गर्नुहुनेछ । प्रदर्शनीको दोश्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान” विषयमा गोष्ठी तथा सेमिनार हुनेछ । प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार