30.1 C
Kathmandu

सरकार प्रमुख नै नालायक छन् भने राजनीतिमा विकृति बढ्नु स्वाभाविक हो

गाउँगाउँमा सिंहदरवार भनिन्छ तर विचित्रको कुरा, अभूतपूर्व भ्रष्टाचार र बेथिति छ। सात सय त्रिपन्न स्थानीय सरकार छन् र हजारौँ नयाँ राजा छन्। उनीहरूलाई अर्बौँ रुपैयाँ तलबभत्ता खुवाएर जनताले पालिरहेकै छन्। विकासका नाममा अर्बौँ रुपैयाँ भ्रष्टाचार भइरहेको छ। यही हो, जनताले खोजेको ? विदेशीले हरेक संयन्त्रमा हस्तक्षेप गरेका छन्। के यसलाई सही भनिदिए हुन्छ ? न्यायपालिका निर्वस्त्र छ यही हो, सकारात्मक ?

जनताले राजनीतिक प्राणी, राज्यसंयन्त्र तथा हरेक संस्थालाई अविश्वास गर्न थाल्छन्, तब राष्ट्रिय संकट गहिरिएर जान्छ। उदाहरणका लागि धेरै राष्ट्रमा विषम परिस्थिति उत्पन्न हुँदा राष्ट्रमा सबैले मानेको र भरपर्दो ठानेको व्यक्तिले अभिभावक बनेर समस्याको समाधान खोज्ने प्रयत्न गर्छन्। यसले गर्दा समस्या क्रमशः न्यून हुन्छ। दक्षिण अफ्रिकाको मात्रै होइन, अरू कतिपय राष्ट्रमा राजनीतिक नेताहरूले कमजोरी स्वीकारेर विगतका विकार हटाएका उदाहरण धेरै छन्। नेपालमा राष्ट्रिय एकता विस्थापित भएको छ। सामाजिक सद्भाव हराएको छ। जनताको कष्ट अरू थपिएको छ। के अग्रगामी हुने भ्रम, रहर र प्रलोभनमा कुनै लेखक वा चिन्तकले यी सबै कुराको समर्थन गरिदिन सक्छ ? किमार्थ सक्दैन। एक्लै भए पनि ऊ बोलिरहन्छ, लेखिरहन्छ, सोचिरहन्छ र यी परजीवी गैँडाहरूलाई कलमले घोचिरहन्छ। दक्षिण अफ्रिकाको मात्रै होइन, अरू कतिपय राष्ट्रमा राजनीतिक नेताहरूले कमजोरी स्वीकारेर विगतका विकार हटाएका उदाहरण धेरै छन्।

धेरै कुरा खोल्न नमिल्ने पनि छन्। राजाको प्रत्यक्ष शासन (माघ १९ को कदम) पछि आफूलाई ‘उपराजा’ ठान्ने धेरै पैदा भए। सुशासनको अनुभूति गराउने, भ्रष्टाचार रोक्ने लगायतका मिसन थिए, राजाको। केही चाकडीबाज र उच्चपदस्थहरू उल्टो काम गरिरहेका थिए।

एकजना विद्वान्ले आफ्नो अन्तर्वार्तामा राजाले ऊबेला विशेष दूत बनाएर दिल्ली पठाएका व्यक्तिले रहस्यमय भूमिका खेलेर नेपाल–भारत सम्बन्ध अरू चिसो बनाएको रहस्योद्घाटन गरेका छन् । राजाले भरोसा गरेका दरबारकै केही कर्मचारीले युरोप, अमेरिका र भारतलाई गुप्त सूचना दिने गरेको र सेनाको कतिपय जर्नेलले घात गरेको चिनियाँ केही पत्रकारको धारणा थियो।

राजकाज सम्हाल्दै केही विश्वासपात्रमार्फत सूचना र जानकारी लिनु राजाका लागि सहज थिएन। चीनका लेखक प्राध्यापकले नेपालको सुरक्षात्मक रणनीति कमजोर रहेको विश्लेषण गर्दै राजा वीरेन्द्रको सुनियोजित हत्यापछि पनि ती विदेशी शक्ति अरू प्रबल हुने उल्लेख गरेका छन् । वीरेन्द्रको हत्यापछि राजा ज्ञानेन्द्रलाई सत्ताबाट हट्न बाध्य पार्नेहरू वीरेन्द्रका हत्यारा थिए भन्ने चीनका विद्वान्हरूको आरोप मिथ्या होइन रहेछ भन्ने खुलासा भएको छ।

यसमा घोत्लिँदा केही डरलाग्दा संकेत देखिन्छन्। पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओलीलगायतका कसैको हातमा आज “कहाँबाट कहाँ जाने ?” भन्ने रोडम्याप छैन। कहिले कसको त कहिले कसको हात समातेर हिँड्ने दलका नेताहरूलाई स्वतन्त्र हुने छुट छैन। कमजोर मानिस मात्रै ठूलो स्वरले कराउँदै हिँड्छ भन्छन्, मनोवैज्ञानिकहरू। केही नेता निर्णायक म मात्रै हुँ भनेर जनतालाई ढाँटिरहेका छन्। नेपाली राजनीतिका पात्रहरूको मन, वचन र कर्म नै दुराशययुक्त भएको हुँदा अब पचास वर्ष बाँचेर सत्तारुढ वा ढलीमली गरे पनि नेपाल र नेपालीका लागि यिनै पात्र, प्रवृत्ति र उनीहरूका समर्थक तथा पछुवाहरूबाट रूपान्तरण सम्भव देखिँदैन।

एउटी दरिद्र वृद्धाले नातिनातिना पाल्नुपरेको थियो। छोराबुहारीलाई पहिरोले लग्यो। खेतबारी र कुनै आयस्रोत थिएन। केही महिना गाउँकै मानिसले मद्दत गरे। एक दिन घरमा एक दाना अन्न पनि भएन। भुराभुरीहरू भोक लाग्यो भनेर रुन थाले। बूढीआमाले अगेनामा लोहोरो घुसाएर भनिन्, “यो पाकेपछि खान दिउँला। अहिले सुत्दै गर।” केटाकेटी भोकै सुते।
बहुदलीय व्यवस्था आउँदा लोहोरो पाक्छ भन्थे, २०४६ सालमा। सयौँ नेता करोडौँ सम्पत्तिका मालिक भए। त्यसको पाँच वर्षपछि पुष्पकमल र बाबुराम भट्टराईले लोहोरो पाक्दैछ भनेर हजारौँ हजार जनतालाई धर्तीबाट बिदा गरे। धेरैले मुक्ति पाउँछन् भन्थे। जीवनबाटै मुक्त भए। राजा र राजतन्त्र नै समस्याको जरो हो भन्दै राजतन्त्र फ्याँके। केही खेताला अर्बपति बने तर जनताको लोहोरो पाकेन। ढुंगा थियो, ढुंगै भयो।

गणतन्त्र, संघीयता र धर्म निरपेक्ष हुँदा नेपाल समृद्ध, शान्त, सुखी र अग्रणी हुन्छ भन्दै लेख्ने बोल्नेहरू लज्जित छन्। लाज पचाउँदै उनीहरू भनिरहेका छन्, “सिस्टम त खराब होइन, केही नेता मात्रै खराब हुन्।”  त्यसो भए हिजो राजतन्त्र नामको स्कुलका हेडमास्टरलाई सफाइ किन नमागेको ? किन छलफल नगरेको ? हेडसरका रिसले स्कुलमा किन आगो लगाएको ?  कुनै जवाफ छ ?

राजा र राजतन्त्र नै समस्याको जरो हो भन्दै राजतन्त्र फ्याँके। केही खेताला अर्बपति बने तर जनताको लोहोरो पाकेन। ढुंगा थियो, ढुंगै भयो। हरेक दिनका अखबारहरूमा नेपालको फोटो देखिन्छ। काण्ड, झगडा, गुटबन्दी, भ्रष्टाचार, बेथिति, विदेशी हस्तक्षेप, घातप्रतिघात, निराशा र जनताका हजारौँ समस्या समाचार, आलेख र सम्पादकीय बनेका छन्।
अमेरिकी राष्ट्रपति छँदा ३० हजार ५७३ वटा झुटो बोलेर डोनाल्ड ट्रम्पले अमेरिकी सरकार, जनता र अन्तर्राष्ट्रिय समुदायलाई दिग्भ्रमित तुल्याए भनेर वासिङ्टन पोस्ट पत्रिकामा छापियो। राष्ट्रनायक र सरकार प्रमुख नै नालायक छन् भने राजनीतिमा विकृति बढ्नु स्वाभाविक हो। नेपाली राजनीतिका पात्रहरूको मन, वचन र कर्म नै दुराशययुक्त भएको हुँदा अब पचास वर्ष बाँचेर सत्तारुढ वा ढलीमली गरे पनि नेपाल र नेपालीका लागि यिनै पात्र, प्रवृत्ति र उनीहरूका समर्थक तथा पछुवाहरूबाट रूपान्तरण सम्भव देखिँदैन।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार