26.1 C
Kathmandu

राष्ट्र बैंकले सहकारीको कारोबार पनि निगरानी गर्नुपर्छ: कानुनमन्त्री गिरी

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीहरूको कारोबार निगरानी गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार सहकारी डिजिटल कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन ।

सहकारीहरूले अर्बौं लगानी गर्दा पनि त्यस्तो रकम कसरी प्रयोग भइरहेको छ भनेर निगरानी नहुँदा अहिलेको समस्या आएको बताउँदै मन्त्री गिरीले सहकारीहलाई पनि बैंकहरूकै जस्तो निगरानी आवश्यक रहेको बताए । उनले भने, राष्ट्र बैंकले जसरी प्रत्येक दिन बैंकहरूको कारोबारको निगरानी गर्छ । त्यसैगरी सहकारीका आर्थिक प्रणाली निगरानी गर्ने प्रणाली बनाउनैपर्छ ।

मन्त्री गिरीले केही सहकारीले बदमासी गरे भन्दैमा समग्र सहकारीलाई नै खराब बनाउने भाष्य निर्माण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, सबै सहकारी खराब छैनन् । त्यसैले सबैलाई एउटै ढंगले बुझ्न हुँदैन । सरकारी राम्रो हो, यसलाई अझ व्यवस्थित बनाउनुपर्छ ।

मन्त्री गिरीले सहकारीबाट गलत ढंगले ऋण प्रवाह गर्नेलाई कारबाही गर्नु पर्ने बताउँदै ऋण दिने चाहिँ जेलमा पर्ने, ऋण लिने चाहिँ प्राडो पजेरो चढेर हिँड्ने र ऋण नतिरी खुलेआम हिँडिरहेको बताए । यस्ता प्रवृत्तिलाई समयमै नियन्त्रण गर्नुपर्ने उनको भनाई थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार