26.1 C
Kathmandu

तत्कालीन सेन्चुरी बैकका कर्मचारी हाजिरी जमानीमा थुनामुक्त

काठमाडौँ  ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितोमा कर्जा प्रवाह गरेर नागरिकको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बैकका कर्मचारीलाई बोलाएको समयमा प्रहरी कार्यालयमा उपस्थित हुने सर्त (हाजिरी जमानी) मा थुनामुक्त गरेको छ । 

सीआईबीले तत्कालीन सेन्चुरी बैंकबाट ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीका सञ्चालक रवीन्द्र चौलागाईँका विभिन्न कम्पनीमा कमसल धितोमा बढि ऋण प्रवाह गरि बैङ्किङ कसुर गरेको आरोपमा १७ दिनअघि हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमण श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । 

पहिलो चरणको प्रारम्भिक अनुसन्धान सकिएको र राष्ट्र बैंकको विज्ञ समूह सहितको टोलीले अनुसन्धान गरिरहेकाले हिरासतबाहिर रहेर पनि प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने सर्तमा रिहा गरिएको सीआईबीले जनाएको छ । बैङ्कर्स संघले पक्राउ परेका उनीहरूलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गर्दै आएको थियो ।


नेपाल बैकर्स संघ र बैङ्करका परिवारको रोहबरमा बिहीबार उनीहरूलाई  थुनामुक्त गरिएको हो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार