23.1 C
Kathmandu

नयाँ समीकरणका तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नयाँ समीकरण बनेसँगै ३ जना मन्त्रीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । नयाँ गठबन्धनका पुनगर्ठित मन्त्रिपरिषद्मा नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले सपथ लिएका हुन ।

प्रधानमन्त्री दाहालले सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । नयाँ समीकरण बनेपछि प्रधानमन्त्रीले दाहालले नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन तोडेका थिए ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्ति अनुसार पद तथा गोपनीयताको शपथ लिएका मन्त्रिहरुको मन्त्रालय भने पछि तोकिने उल्लेख गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार