26.1 C
Kathmandu

माओवादी-काँग्रेस सत्ता गठबन्धन भत्कियो, एमाले रास्वपा सहितको सरकार बन्ने

काठमाडौ । अन्तत १५ महिना लामो काँग्रेस(माओवादी सत्ता गठबन्धनको अन्त्य भएको छ। हिजो राति अबेर सम्म बालुवाटारमा बसेको नेकपा एमाले,नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले वर्तमान सत्ता गठबन्धनको अन्त्य गर्दै केन्द्रमा नेकपा एमाले,नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित सरकारको निर्माण मार्फत नयाँ गठबन्धन निर्माण गर्ने निर्णय लिएको हो। राष्ट्रपति कार्यालय बाट प्राप्त  सूचना अनुसार आजै नयाँ मन्त्रिमण्डल समावेश हुने ३ जना मन्त्रीहरुले सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

प्रतिनिधि सभामा एमालेका ७७, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

उक्त छलफलमा  नेकपा नेकपा एकीकृत समाजवादीलाई पनि आगामी गठबन्धनमा समेटेर लैजाने बारे पनि कुराकानी भएको छलफलमा सम्मिलित एक  माओवादी नेताले बताए। बिकसित राजनितिक घटनाक्रम बारे आज बिहान सबै दलले आ(आफ्नो पार्टीको आन्तरिक बैठक डाकेर गएरातिको सहमतिबारे पार्टीका अन्य सदस्यहरुलाई जानकारी गराएका थिए।

प्रतिनिधि सभामा १२ सांसद रहेको जनता समाजवादी पार्टी जसपाका जनता समाजवादी पार्टीभने सरकारमै रहने सहमति भएको बताइएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार