29.1 C
Kathmandu

राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमन टोलीले थाल्यो सहकारीको सघन अनुगमन

काठमाडौँ । सहकारी विभागले नेपाल राष्ट्र बैंकको सहभागितामा सहकारी संस्थाहरुको सघन अनुगमन थालेको छ । पछिल्लो समयमा मुलुक भित्रका सहकारी संस्थाहरुमा समस्या देखिन थालेपछि वित्तिय क्षेत्रको अनुगमनको मुख्य निकाय राष्ट्र बैंकको सहभागितामा सहकारी संस्थाहरुको अनुगमन थालिएको हो ।

सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय नेतृत्वमा राष्ट्र बैंकका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीले सहकारी संस्थाहरूको सघन अनुगमन सुरु गरेको विभागले जनाएको छ। अनुगमन टोलीमा राष्ट्र बैंकका तर्फबाट उपनिर्देशक रमेश चौलागाईंसहित तीन जना र विभागका तर्फबाट एक जना प्रतिनिधि रहेका छन् । विभागका अनुसार मुलुक भित्र हाल सञ्चालनमा रहेका सहकारी संस्थाको वास्तविक अवस्था पत्ता लगाउन संयुक्त अनुगमन थालिएको हो ।

विभागले पहिलो चरणमा पहिलो चरणमा गोर्खा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतमश्री बहुउद्देश्यीय, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ सहित ९ वटा सहकारी संस्थाको अनुगमन थालेको हो । विभागका अनुसार आइतबारसम्म ६ वटाको अनुगमन सकिएको छ । उपरजिस्ट्रार उपाध्यायका अनुसार गुनासो आएका र समस्या परेका सहकारी संस्थाहरुको अब नियमित रूपमा अनुगमन हुने छ ।

विभागले सहकारीको सिद्धान्त र नियामनक निकायको निर्देशन पालना भए नभएको अवस्था हेर्छ भने राष्ट्र बैंकले भने वित्तीय अवस्थाको विश्लेषण गर्ने उपरजिस्ट्रार उपाध्यायले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार