29.1 C
Kathmandu

टेलिकमका मोबाइल प्रयोगकर्ताले अब १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने

काठमाडौं । नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड प्रयोगकर्तालाई १०० को रिचार्जमा १ जीबी डेटा बोनस दिने भएको छ। टेलिकमले विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस उपलब्ध गराईने जनाएको छ ।

कम्पनीका अनुसार १०० देखि १९९ को रिचार्ज गर्दा एक दिनका लागि १ जीबी डेटा, २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी डेटा र ५०० वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले चार दिनका लागि ८ जीबी डेटा बोनसको रुपमा उपलब्ध गराइने छ ।

त्यसैगरी कम्पनीले फिजिकल रिचार्जमार्फत १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी डेटा, २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी डेटा र ५०० तथा १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध गराउने बताइएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार