26.1 C
Kathmandu

सुन तस्करी आरोपमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर सहित ३ कार्यालय सहयोगी पक्राउ

काठमाडौँ । सुन तस्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन जना कार्यालय सहयोगी पक्राउ परेका छन् । १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर सहितका कार्यालय सहयोगीलाई पक्राउ गरेको हो ।

मंसिर २१ गते १४ किलो सुन बोकेर दुबईबाट आएका गोरखाका चन्द्रबहादुर सुनसहित पक्राउ परेका थिए । घलेले सुन फोहोर फाल्ने भाँडोमा राख्ने र त्यो सुन कार्यालय सहयोगी मार्फत् बाहिर लैजाने योजना रहेको बताएका थिए । उनको बयानका क्रममा ति सहयोगीहरु पक्राउ परेको बताइएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले सुन तस्करलाई सघाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

त्यसको अनुसन्धानका लागि विमानस्थल भन्सारले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना, शाखा अधिकृत मञ्जु थापा सम्मितिल छानबिन समिति गठन गरेको थियो । समितिलाई ५ दिनको समय दिएर प्रतिवेदन बुझाउन भनिएको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार