29.1 C
Kathmandu

फुल कन्ट्याक्ट कराँतेका मुख्य प्रशिक्षक काजिमान श्रेष्ठ विरुद्ध गाडी चोरीको आरोप

काठमाडौ/ राष्ट्रिय खेलकुद परिषद अन्तर्गत काठमाडौं जिल्ला खेलकुद विकास समितिका फुल कन्ट्याक्ट कराँतेका मुख्य प्रशिक्षक रहेका काजिमान श्रेष्ठ विरुद्ध गाडी चोरीको आरोप लागेको छ ।

प्रशिक्षक श्रेष्ठले आफ्नो गाडी चोरी गरेको बताउँदै जीवन पाण्डेले उनी विरुद्ध उजुरी दिने बताएका छन । आफ्नो नाममा दर्ता रहेको वाग्मती प्रदेश ०१–०२६–७७२१ नम्बरको निशान कम्पनीको डास्टुन रेडी गो गाडी श्रेष्ठले जबरजस्ती कब्जामा लिएर फिर्ता नगरेको आरोप लगाउँदै पाण्डेले काठमाण्डौमा आज सञ्चारकर्मीहरूसँग आफ्नो गुनासो राखेका छन । उक्त अवसरमा गाडी धनी पाण्डेले प्रशिक्षक काजिमान श्रेष्ठले पटक पटक गाडी फिर्ता दिने बताए पनि विभिन्न बाहना बनाएर गाडी फिर्ता नदिएको बताए ।

पत्रकारहरूसँगको भेटघाटमा पाण्डेले श्रेष्ठसँग भएको टेलिफोन रेकर्ड समेत सुनाएका थिए । टेलिफोन कुराकानीमा प्रशिक्षक श्रेष्ठले पाण्डेलाई सोमबार गाडी फिर्ता दिने बताएको सुनिन्छ । तर सोमबार उनले गाडी फिर्ता नगरेको पाण्डेले बताए । त्यसपछि फेरी फेरी प्रशिक्षक श्रेष्ठले पाण्डेसँग गाडी पोखरामा आफ्नो भतिजोले चलाइरहेकोले आफै गएर गाडी ल्याइदिन्छु भन्दै शुक्रबार दिउँसो १२ बजेसम्मको समय मागेका थिए । तर प्रशिक्षक श्रेष्ठले गाडी फिर्ता नगरेपछि आफू पिडित बनेको बताउँदै भोलि सोमबार नेपाल प्रहरी र राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिने तयारी गरेको पाण्डेले बताए । खेलाडी जस्तो मान्छे किन बदनाम गर्नु भनेर म चुप लागेर बसे तर उनले मेरो मौनतालाई कमजोरी ठाने पाण्डेले भने ।

गाडी चोरीको आरोप लागेका श्रेष्ठसँग सम्पर्क गर्दा उनले फोन उठाएनन ।

विगत लामो समय देखि खेलकुद क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ २०७९ माघ १९ गते मात्रै राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवस्तरीय निर्णयबाट मुख्य प्रशिक्षकमा बढुवा भएका थिए । त्यस अघि उनी सहायक प्रशिक्षकका रुपमा कार्यरत रहेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार