26.1 C
Kathmandu

वाणिज्य बैंकहरूमा घट्यो कर्जाको ब्याजदर

काठमाडौँ / हरेक महिना ब्याजदर परिमार्जन गर्न पाउने राष्ट्र बैंकको नीति र बैंकहरूको आधार दरमा आएको कमीका कारण वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाएका छन् । जेठ महिना देखि कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको हो ।

नेपाल बैंकर्स संघका अनुसार जेठदेखि वाणिज्य बैंकहरूमा नयाँ कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दु र पुरानाको ०.१३ प्रतिशत विन्दुले घटेको छ । संघका अनुसार पछिल्लो तीन महिना (फागुन, चैत र वैशाख) को औसत आधार दर १०.६४ प्रतिशत छ । यसअघि माघ, फागुन र चैतको औसत आधार दर १०।५९ प्रतिशत छ । यी दुई औसत आधार दरका आधारमा पुराना ऋणीको ब्याजदर औसतमा ०।१३ प्रतिशत विन्दुले घटेको हो । संघले जेठमा निक्षेपको ब्याजदर भने स्थिर राखेको जनाएको छ ।

यसअघि आधार दरमा आएको परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा मात्र कर्जाको ब्याजदर घटबढ गर्न पाउँने व्यवस्था थियो तर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यो व्यवस्थामा परिर्वतन भएपछि बाणिज्य बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरमा आएको परिवर्तनका आधारमा हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने नीतिगत व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यही व्यवस्थाअनुसार बैंकहरूले जेठमै कर्जाको ब्याजदर घटाएको नेपाल बैंकर्स संघले जनाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार