29.1 C
Kathmandu

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन अस्तव्यस्त, व्यवस्थापनमा चरम कमजोरी गर्दै उड्डयन प्राधिकरण

काठमाडौं । सरकारले चिनियाँ एक्जिम बैंकसँग २१ अर्ब ७० करोड रुपैयाँ ऋण लिएर बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रूपमा उद्घाटन भएको छ । विमानस्थल उद्घाटन गर्न पोखरा महानगरपालिकाले सार्वजनिक विदा नै दिएको थियो ।

पोखरामा सार्वजनिक विदा भएपनि विमानस्थल उद्घाटन हेर्न आउने सर्वसाधारणको भिड विमानस्थलमा चर्को थियो । विमानस्थल निर्माण गराउने र सञ्चालन जिम्मा पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै लगेर विमानस्थलको उद्घाटन गराएको छ । तर, विमानस्थल उद्घाटनको लागि भने सामान्यदेखि ठूला कमजोरीसमेत प्राधिकरणले गरेको छ ।

प्राधिकरणले १ जनावरी २०२३ मा पोखरा विमानस्थल उद्घाटन गर्न काठमाडौैंबाटै आन्तरिक उडानका जहाज प्रयोग गरेको छ । विमानस्थल अन्तर्राष्ट्रिय भएपनि आन्तरिक जहाजबाटै उद्घाटन भएको छ । आन्तरिक विमानस्थलबाट जहाज लगेर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेको छ ।

विमानस्थल अन्तर्राष्ट्रिय भएपछि अन्तर्राष्ट्रिय उडान नै गर्नबाट प्राधिकरण चुकेको छ । यो विमानस्थलमा बुद्ध एयरले पोखराबाट भारतको वनारस उडान गर्ने भनेपनि भारतको अनुमति नपाउँदा विमानस्थल आन्तरिक जहाजबाटै उद्घाटन भएको छ ।

विमानस्थल अन्तर्राष्ट्रिय भएपनि इस्टुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस) प्रविधि छैन । प्रविधिको सहायताले उडान गर्ने व्यवस्था नै नभएको यो विमानस्थलमा अपरान्ह ४ बजेपछि उडान हुन सक्दैन् । अन्तर्राष्ट्रिय विमानस्थल भएपन रात्री उडान हुन सक्दैन् । प्रविधिको सहायतले गर्नुपर्ने उडानको व्यवस्था नभएको कारण आँखाले हेरेरै गर्नुपर्ने भिजुअल फ्लाइटमात्रै हुन्छ । सोही कारण साँझ ढिलो हुँदा उडान हुँदैन भने विहान पनि पूरै मौसम खुला हुनुपर्छ ।

पोखरा अन्तर्राष्ट्रिय उद्घाटनको पहिलो दिनै ६ घण्टा उडान ढिलो भएको छ । विमानस्थल उद्घाटनको पहिलो उडान यति एयरलाइन्सले आइतवार विहान साढे ६ बजेको लागि तय गरेको थियो । सोही अनुसार यात्रुको आगमन र पाहुँनासमेत बोलाएर यति एयरले उडान तयारी गर्यो । तर, जहाज भने मौसमको खरावीले उडान हुन सकेन । काठमाडौं विमानस्थल खुलेको भएपनि आइएलइस प्रविधि नहुँदा पोखरा १२ बजे खुलेपछि मात्रै उडान भएको थियो ।

विमानस्थलमा प्रविधिको सहायताले हुने उडानको प्रविधि नभएकै कारण पहिलो दिनै ६ घण्टा उडान ढिलो भएको छ । सरकारले करिब २२ अर्ब खर्च गरेको यो विमानस्थलमा प्रविधिको सहायता लिएको भए विमानस्थलमा विहानै उडान हुने थियो । जहाज उडान अवतरण पनि समयमा नै हुने थियो । आजबाट पोखराको पुरानो विमानस्थलका सबै जहाज नयाँमा आएका भएपनि उडान र अवतरणको व्यवस्था भद्रगोल देखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार