23.1 C
Kathmandu

व्यवासायीको चर्को दबाब र बैंकर्स संघको सुझावपछि चालु पुँजी कर्जा संशोधन, के आयो नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्नतः चालु पुँजी कर्जा निर्देशनसम्बन्धी व्यवस्था संशोधन गरेको छ । उद्योगी व्यवसायीको चर्को दबाव र नेपाल बैंकर्स संघको सुझावपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले बुधवार उक्त मार्गनिर्देशन संशोधन गरेर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि लागू गरेको यस्तो निर्देशन निजी क्षेत्रका व्यवसायीक संस्थाको दबाब र बैंकर्स संघले दिएको सुझावलाई आधार बनाएर संशोधन गर्न बाध्य भएको हो ।

चालू पुँजी कर्जा सम्बन्धि मार्गनिर्देशन २ वर्ष स्थागन गर्न निजी क्षेत्रले माग गरेको भएपनि राष्ट्र बैंकले भने संशोधन गरेर निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गरेको हो । उक्त मार्गदर्शन कार्यान्वयमा आए लगत्तै निजी क्षेत्रले यसलाई २ वर्ष कार्यान्वयन नगर्न दबाब दिँदै आएका थिए ।

राष्ट्र बैंकले उक्त मार्गदर्शन लागू गरेपछि अहिले व्यवसायीक वातावरण सहज नभएको र महामारीपछि भर्खरै पुनस्थापन हुने समयसँगै तरलता अभावका कारण पनि अहिले कार्यान्वयन नगर्न भन्दै निजी क्षेत्रले विरोध नै गरेको थियो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, बैंकिङ क्षेत्रसँग छलफल गरेर संशोधन गरेको छ ।
बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीले दिएको सुझाव अनुसार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संसोधन गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

विगतमा प्रवाह भएको चालू पुँजी सम्बन्धी कर्जा चुक्ता गर्न समय दिने र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने गरी मार्गदर्शन संसोधन गरिएको भट्टको भनाइ छ ।

भट्टका विगतमा लिएको चालू पुँजी प्रकृतिको कर्जा आजका दिनमा नवीकरण गर्दा सीमा भन्दा बढी लिएको पाइए त्यस्तो कर्जा भुक्तानी गर्न २०८२ असार मसान्तसम्मको समय दिइने भएको छ ।

सीमाभन्दा बढी लिइएको कर्जा उद्योगी व्यवसायीले २०८० असार मसान्तदेखि २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ ।

कुनै ऋणीले २०८२ असार मसान्तभन्दा अगाडी कर्जा चुक्ता गर्न खोज्दा प्रि पेमेन्ट चार्ज वा अन्य कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

हाल ५० लाख रुपैयाँ रुपैयाँ भन्दा माथिको कर्जामा मार्गदर्शन लागु हुने भएकोमा अब १ करोड रुपैयाँ भन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिँदा मार्गदर्शन लागु हुने भएको छ ।

विगतमा स्थायी प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ५ वर्षसम्म दिन पाईने व्यवस्था भएकोमा आगामी दिनमा स्थाई प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ३ देखि १० वर्षसम्मका लागि दिन पाइने व्यवस्था गरिएको छ ।

कुनै ऋणीले ऋण लिएको अवधी भन्दा अगाडि नै कर्जा भुक्तानी गर्न चाहेका थप कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

विगतमा ५ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर कर्जा दिनु पर्ने व्यवस्थालाई संशोधन गर्दै ३ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर मात्रै चालू पुँजी प्रकृतिको कर्जा दिन मिल्ने व्यवस्था गरिएको छ ।

संशोधित व्यवस्था अनुसार सञ्चालन आय नभएको र भर्खरै स्थापना भएको संस्थालाई अनुमानित सञ्चालन खर्चको आधारमा चालू पुँजी प्रकृतिको कर्जा दिने व्यवस्था गरिएको छ ।

विगतमा ५ करोड रुपैयाँसम्मको कर्जामा ग्राहकले मासीकरुपमा कारोवार प्रणाणित गर्नु पर्ने र ५ करोड रुपैयाँभन्दा बढी कर्जामा लेखापरीक्षकले त्रैमासिकरुपमा कारोवार प्रमाणित गर्नु पर्नेमा यो व्यवस्थालाई संशोधन गर्दै ग्राहकले त्रैमाशिक र लेखापरिक्षणले वर्षमा दुई पटकमात्रै कारोवार प्रमाणिकरण गर्नु पर्ने व्यवस्था गरिएको छ ।

व्यवसायीले ऋण खाता र कारोबार खाता फरक बनाउन नहुने माग गरेपनि राष्ट्र बैंक त्यसमा सहमत भएको छैन । त्रैमासको अन्तिम महिना (असोज, पुस, चैत र असार)मा नयाँ चालू पुँजी प्रकृतिको कर्जा दिन असहमत भएको राष्ट्र बैंकले विगतमा स्विकृत सीमाभित्रको कर्जा प्रवाह गर्न कुनै समस्या नभएको जनाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार