26.1 C
Kathmandu

इन्धनको मूल्य घटेर आउँदा आयल निगमलाई ९९ करोड फाइदा, जनतालाई भने मूल्य यथावत

काठमाडौं । इन्धनको मूल्य भारतबाट घटेर आउँदा आयल निगमलाई १५ दिनमै ९९ करोड रुपैयाँ फाइदा हुने भएको छ ।

आयाल निगमका अनुसार भारतबाट इन्धनको मूल्य घटेर आएको भएपनि पुरानो बक्यौता र सरकारालाई तिर्नुपर्ने ऋणका कारण इन्धनको मूल्य नेपालमा घटाउन नसकिएको उल्लेख छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएको भएपनि नेपाल आयल निगम निगमले भने घटाएको छैन । आयल निगमले भारतबाट केही रुपैयाँ घटेर आएको भएपनि घाटा पूर्ति गर्न भन्दै नेपालमा मूल्य पुरानै मूल्यलाई यथावत राखेको छ ।

आयल निगमका अनुसार नयाँ मूल्य अनुसार आयल निगमलाई १५ दिनमै ९९ करोड रुपैयाँ नाफा हुने भएपनि इण्डियन आयल कर्पोरेशन तथा नेपाल सरकारलाइ तिर्नुपर्ने बक्यौता अझै १८ अर्ब रुपैयाँ भएकोले मूल्य नघटाएको जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार