29.1 C
Kathmandu

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक, कस्तो आउला अर्थतन्त्र जोगाउने नीति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षाको तयारी गरिरहेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार निजी क्षेत्रबाट आउने सुझाव संकलन सकिएकोले अब मौद्रिक नीतिको समीक्षा गर्ने अन्तिम तयारी भइरहेको छ ।

राष्ट्र बैंकले यही फागुन पहिलो साता नै मौद्रिक नीतिको ६ महिनाको समीक्षा गर्ने भएको छ । समीक्षाको तयारी सुरु भइसकेको भएपनि कुन दिन सार्वजनिक गर्ने भन्ने भन्ने विषय भने तय भएको छैन । राष्ट्र बैंकले कुनै पनि दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न सक्ने गरी तयारी गरिरहेको छ ।

यस अघि पनि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा पनि साढे १० वजे सार्वजनिक हुने नीतिलाई ९ः५० मा मात्रै मिडियालाई सूचना गरेको राष्ट्र बैंकले यस पटक पनि सोही रणनीनि अपनाउन सक्ने अनुमान छ । चालू आवको मौद्रिक नीति सार्वजनिक हुनु अगाडि नै चुहिएपछि भएको विरोधका कारण राष्ट्र बैंकले विशेष सतर्कता अपनाउन थालेको पनि उल्लेख छ ।

यस पटक राष्ट्र बैंकले खरब सूचकतार्फ गएको अर्थतन्त्र जोगाउन पहल कदमी गर्ने गरी मौद्रिक नीति आउने बताएको छ । यस्तो नीति कस्तो हुने, कुन कुन विषयमा कडाइ गर्ने वा सहजीकरण गर्ने भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

निजी क्षेत्रले पनि शेयर कर्जाको एक जनालाई ४ करोड र एउटै परिवारलाई अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै दिने शेयर धितो कर्जाको सीमा खुकुलो गर्न सुझाव दिएको छ । निजी क्षेत्रले ब्याजदर, आयत कर्जा, व्यासायीक वातावरणमा सहजीकणसहितको विषयमा सुझाव दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार