24.1 C
Kathmandu

धौलागिरी लघुवित्तको आइपीओ आउने, जम्मा ३३ हजार जनाले मात्रै पाउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । त्यसको लागि प्रभु क्यापिटललाई सेयरको प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

पछिल्लो समय मागभन्दा बढी आवेदन पर्ने गरेका कारण यसको पनि बढीमा १० कित्ताका दरले जम्मा ३३ हजार १०० जनालाई मात्रै आइपीओ भाग लगाउन पुग्छ ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतामा धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

संस्थाको राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यसको प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका २, श्री नगर टोलमामा रहेको छ ।

२०७५ फागुन १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार