29.1 C
Kathmandu

बुध्द एयरले जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान गर्ने

काठमाडौं/बुध्द एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान गर्ने भएको छ । शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुध्द एयरले जनाएको छ । बुध्द एयरले जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडानको तालिका प्रकाशित गरेको छ । सिधा उडान सञ्चालनमा आएपछि यात्रुहरुको समय वचत हुने र अनावश्यक झन्झट पनि नहुने बुध्द एयरले जनाएको छ । यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार