29.1 C
Kathmandu

नेपाल–पाकिस्तान सिधा हवाईसेवा सञ्चालनका लागि आग्रह

काठमाडौँ /नेपाल चेम्बर अफ कमर्सले नेपाल–पाकिस्तान सिधा हवाईसेवा सञ्चालनका लागि आग्रह गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत शाहसँग चेम्बर भवन, जमलमा सोमबार भएको भेटवार्तामा चेम्बरले यस्तो आग्रह गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तीन घण्टाको दूरी रहेको दुई मुलुकबीचको व्यापार र पर्यटन वृद्धिका साथै अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाईसेवा सञ्चालनमा ल्याउन राजदूतसँग आग्रह गरेका थिए । राजदूत शाहले हवाईसेवा सञ्चालनका लागि सरकारी तवरबाट पहल हुनुपर्ने बताए ।

पाकिस्ताबाट नेपालले अहिले छोगडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पल लगायत सामग्री आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, ऊनी धागो लगायत वस्तु निर्यात गर्ने गरेको छ ।नेपालले पाकिस्तानबाट वार्षिक १ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु आयत गर्ने गरेको र १० करोड ४ लाख रुपैयाँ बराबरका सामग्री निर्यात गर्ने गरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार