28.1 C
Kathmandu

गरिमा क्यापिटल र नेक्सजेन बीच व्यवसायिक साझेदारी सम्झौता 

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा. ली. बीच बुधबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरू आवश्यकता अनुसार प्रदान गर्ने छ । यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरूलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरू प्राप्त गर्न सहयोग पुर्‍याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु¥याउने विश्वास लिइएको गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताउनुभयो ।  

नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पूर्व बैङ्कर लगायत विज्ञ व्यक्तिहरू संलग्न यस कम्पनीले सम्पत्ति व्यवस्थापन लगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैङ्कर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । यो कम्पनीले निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुला मुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जनाएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार