26.1 C
Kathmandu

नेपाल टेलिकमको आधारभूत टेलिफोन सेवा फाइबर प्रविधिमा स्तरोन्नति 

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नति गरेको छ ।

सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी यो सेवा बन्द गर्नुभएको हो ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाइनहरू पूर्ण रुपमा आधुनिक फाइबर प्रविधिको FTTH  नेटवर्कमा Migration कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक पहाडीले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।

FTTH प्रविधिमा Migration भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरूका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार