26.1 C
Kathmandu

कोका–कोलाले ल्यायो नयाँ अफर

काठमाडौ। कोका–कोलाले उपभोक्ताहरूको लागि फेरि अर्को क्याम्पेन लिएर आएको छ। कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने बताएको छ। यो अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको कम्पनीको भनाइ छ।

कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सधैं आफ्ना उपभोक्ताहरूको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ। यो विशेष अफरले उपभोक्ताहरूको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्‍याउनेछ भन्ने हामीलाई विस्वास छ।’

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको कम्पनीले बताएको छ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार