26.1 C
Kathmandu

दुबईमा मधेशी एकता समाजको होली समारोह सम्पन्न

काठमाडौं । दुबईको बरदुबईमा मधेशी एकता समाज यूएईले होली मिलन समारोह अयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरेका थिए ।

कार्यक्रममा निर्वतमान् श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराई, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए यूएईका अध्यक्ष विकाश शाही, नेपाली दूतावासका तृतीय सचिव विमलेश मिश्र, अर्का तृतीय सचिव दिल्लीराम शर्मा र श्रम कन्सुलर दिनबन्धु सुवेदीको समेत उपस्थिती थियो ।

त्यस अवसरमा सांस्कृतिक नाचगान, होली गीत र जोगिरा गायनको व्यवस्था गरिएको थियो । होली समारोहमा नेपालबाट गएका मधेशका चर्चिच कलाकारहरु जागेश ठाकुर तथा निरुता साहका साथै त्यहाँ रहेका स्थानीय कलाकारहरु गायक भोला पासवान तथा नृत्यतर्फ इशा, शीतल र पुनमका साथै नेपाली बोइज ग्रुपले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै नेता भण्डारीले मधेशी एकता समाजले विदेशी भूमिमा पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रशंसा गरे ।

नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भट्टराईले होली पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना दिएका थिए । कार्यक्रममा एकता समाजका नेपाल संयोजक डा. बबी सिंह यादवले होलीको शुभकामना दिए । उनले मधेशी एकता समाजको नेपाल इकाइले विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र समन्वयबारे जानकारी दिएका थिए ।

यस्तै, समाजको अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादवले वर्तमान समयमा वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताए । डा. यादवले कम्तीमा प्राविधिक प्रशिक्षण लिएर र २० वर्ष उमेर पुगेपछि मात्रै वैदेशिक रोजगारमा आउने वातावरण बनाउन सल्लाह दिए । डाक्टर यादवले एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन काम गरिरहेको बताए ।

होली समारोहमा संयुक्त अरब इमिरेट्सका विभिन्न शहरमा कार्यरत ४ सय जनाभन्दा बढी मधेशी सहभागी थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार