29.1 C
Kathmandu

आफैंले उपचार खर्च व्यहोर्ने भनेका राष्ट्रपति पौडेलले सरकारसँग मागे ५५ लाख

काठमाडौं । आफैंले उपचार खर्च व्यहोर्ने भन्दै प्रेस विज्ञप्ति नै सार्वजनिक गरेर हल्ला गरेका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारसँग ५५ लाख रुपैयाँ मागेका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले भारतमा उपचारका लागि खर्च गरेको विल भर्पाइ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयमार्फत अर्थमन्त्रालयमा पत्र पठाएको छ ।

राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि ६ वैशाखमा गते श्री एयरलाईन्सको जहाज चार्टर गरेर भारतको नयाँ दिल्ली गएका थिए । उनले उपचार सकेर वैशाख १७ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किका थिए । त्यसक्रममा खर्च भएको ५५ लाख ४ हजार ६ सय ५४ को विल भर्पाइ भुक्तानीका लागि परराष्ट्रले अर्थमन्त्रालयलाई पत्र पठाएका हुन ।

उनको उपचारको बिल भपाई भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको चनं ८३७ मित २०८०/०३/११ वाट स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ रुपैयाँ अर्मन्त्रालयबाट सहमति प्राप्त भइसकेको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको विल भपाई बमोजिमको रकम सम्वन्धीतलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख ०२ हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागी पत्र पठाएको छ ।

पत्र अर्थ मन्त्रालयमा लेखि पठाउन मिति २०८०।०३।१८ को निर्णय (सचिवस्तर)को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाईएको व्यहोरा सादर अनुरोध गरिन्छ’ परराष्ट्र मन्त्रालयको आर्थिक प्रशासन शाखाका उपसचिव भेषप्रसाद भुर्तेलको हस्ताक्षरको पत्रमा भनिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार