26.1 C
Kathmandu

तेलको मूल्य १४ रुपैयाँले घट्दा हवाई भाडा ७५० रुपैयाँसम्मले घट्यो

काठमाडौं । नेपाल आयल निगमले मंगलवारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाउँदा हवाई भाडा ७५० रुपैयाँसम्मले घट्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई भोलि (बुधबार)देखि नै लागू हुने गरी हरेक सेक्टरमा भाडा घटाउन निर्देशन दिएको छ । प्राधिकरणले इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरूलाई भाडा घटाउन परिपत्र गरेको छ । घटेको भाडा बुधावारदेखि नै लागू हुने भएको छ ।

प्राधिकरणका आन्तरिक उडानका अनुसार सबै सेक्टरमा इन्धनको मूल्यको अनुपातमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्मले भाडा घट्ने भएको छ ।

प्राधिकरणले इन्धनको लगत घटाउने भनेपछि वायुसेवा कम्पनीहरूले हवाई टिकटमा नै जोडेर लिने इन्धनको मूल्यका कारण यात्रुले तिर्ने टिकटमै भाडा घट्ने छ ।

बुधावारदेखि लागू हुने नयाँ हवाई भाडादरको सूची

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार