21.1 C
Kathmandu

नेपाल एयरलाइन्स सञ्चालन मुनाफामा, तिर्‍यो २ अर्ब ९४ करोड सावाँ–ब्याज

काठमाडौं/ नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको करिब ३ अर्ब रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ । पछिल्लो समय निगम सञ्चालन मुनाफामा रहेका कारण नियमित सावाँ ब्याज तिर्न थालेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

नेपाल एयरलाइन्सले २०७९ साल असारयता निगमले २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको जनाएको छ । प्रवक्ता पौडेलका अनुसार निगमले असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको हो ।

कोभिडको समयमा झण्डै टाट पल्टने अवस्थामा पुगेको निगमले अहिले भने उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको बताइएको छ । निगमसँग अहिले चार वटा जहाज रहेका छन् ।

कोरोना महामारीको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट एवम् किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोधसमेत गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार