26.1 C
Kathmandu

१० करोडसम्मको विदेशी लगानी प्रस्ताव अब अनलाइनबाटै स्वीकृत हुने

काठमाडौँ /नेपालमा सञ्चालन हुने १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीका परियोजनाका प्रस्ताव अब अनलाइनबाटै स्वीकृत गर्न सकिने प्रणाली लागु हुने भएको छ । उद्योग विभागले राजपत्रमा सूचना निकालेर जेठ १ देखि पूर्ण रुपमा लागू गर्ने तयारी गरेको जनाएको छ ।

यो व्यवस्था पछि कानुन अनुसार उद्योग तथा कम्पनी दर्ता, विदेशी लगानी स्वीकृत लगायतका सेवाहरु स्वचालित प्रणालीमार्फत गर्न सकिने छ । विभागले २ करोडदेखि १० करोडसम्मको लगानी प्रस्ताव अनलाइनबाटै स्वीकृत गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने जनाउँदै विभागले लगानी स्वीकृतिको जानकारी नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्बद्ध निकायलाई प्रणालीमार्फत नै स्वचालित रुपमा गर्न सकिने जनाएको छ।

विभागले विज्ञप्ति जारी गर्दै मार्फत भनेको छ ‘लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृत लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन् ।’ यो प्रणाली लागू भएपछि विदेशी लगानी स्वीकृत गर्न उद्योग विभाग आउनु पर्दैन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार