29.1 C
Kathmandu

काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडक कालोपत्रे शुरु

काठमाडौं/ संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालययबाट आर्थिक बर्ष ३०७८र७९ मा बजेट व्यवस्थापन गरि निर्माण कार्य शुरु गरिएको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक बिकास कार्यक्रमअन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं २ को साँखु -बज्रयोगिनी -घुमारचोक-डाँडाकटेरी -चौकिभन्ज्याङ सडकको पहिलो चरणको कालोपत्रेको काम बैशाख ६ गतेबाट शुरु भएको छ।

नेकपा (एकीकृत सामजवादी) अध्यक्ष तथा यस क्षेत्रका तत्कालिन सांसद माधव कुमार नेपालको आफू काठमाडौं २ को सांसद हुँदा यो सडक निर्माणका लागि २० करोड बजेट व्यवस्थापन गरेका थिए । यो सडकको निर्माण कमलजित एन्ड आर ए जेभीले गरिरहेको छ।

आर्थिक बर्ष २०७८/७९का लागी २० करोड बजेट बिनियोजन भएको यो सडकको निर्माणको काम डिभिजन सडक कार्यालय काठमाडौंले ठेक्का मार्फत गरेको हो।यस आ। ब २०७९/८० मा २० करोडले करिब ३ किलोमीटर सडक कालोपत्रे गरिने डिभिजन सडक कार्यालय काठमाडौंका प्राबिधिक तुलकान्त चौधरीले बताउनुभयो।सडक निर्माणको काम साँखु स्थित धुल्ला गेटबाट शुरु गरिएको हो।

करिव १ अर्ब ३० करोडको डिपिआर रहेको यो सडक खण्डको सम्पुर्ण भागको निर्माण सम्पन्न हुँदा शंखरापुर नगरपालिकाका वडाहरु २,४ र ८ गुणस्तरीय सडकमा जोडिने छन।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार