29.1 C
Kathmandu

अन्तःशुल्क स्टिकर अब नेपालमै छापिने, तीन अर्ब स्टिकर छाप्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै शर्माले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए ।

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भन्नुभयो, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराए ।’

उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्ने गरी व्यवस्था गर्न निर्देशन दिए । जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको भन्दै उनले यसको ठूलो बजार समेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए ।

आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको जिकीर गर्नुहुँदै मन्त्री शर्माले यसको लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए ।

‘धेरै ठूलो व्यापार यसले गर्न सक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो’, उनले भने ‘यहाँ मैले घाटा देखिन । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औंल्याउदै अब सुरक्षण मुद्रण केन्द्रले सो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे । यसबाट अरबौँको राजस्व चुहावटलाई नियन्त्रण गर्नसकिने विश्वास उहाँले व्यक्त गरे ।

यहाँ प्रिन्ट गरेर अरबौँको फाइदा मात्र गर्ने होइन, अरबौँको राजस्व थप असुल हुने पनि देखिन्छ । अहिले मन्त्रालयले अन्तः शुल्क स्टिकरबाट करिब एक खर्ब बराबरको राजस्व उठाउने गरेको छ’, उनले भने ‘यस्ता स्टिकरले सुशासन कायम गर्नसमेत सहयोग गर्न ।’

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार