29.1 C
Kathmandu

वाणिज्य बैंकले एक महिनामै कमाए साढे आठ अर्ब, कुन बैंकले कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालू आवको एक महिनामा नै साढे आठ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुको यस्तो नाफा गत आवको साउन महिनाको तुलनामा यो वर्षको सोही महिनामा ३७.२५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ६६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको साउनमा ६ अर्ब ३१ करोड १० लाख रुपैयाँ आर्जन गरेका थिए ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन कम भइ कर्जा विस्तार न्यून हुँदा पनि बैंकहरुले नाफा बढाएका छन् । आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा निजी क्षेत्रको बैंक रहेको छ ।

नबिल बैंकले सबैभन्दा बढी नाफा आर्जन गर्दा दोस्रोमा राष्ट्रिय वाणिज्य रहेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंक आपसमा मर्जरमा गएर एकीकृत कारोबारसमेत सुरु गसिकेका छन् ।

नबिल बैैंकले ८१ करोड ३६ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकपछि धेरै नाफा आर्जन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले ७५ करोड २१ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख १० लाख, एनआईसी एसिया बैंकले ४७ करोड ६३ लाख ७० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल बैंकले ३५ करोड ७५ लाख ७० हजार, स्टयान्डर्ड चार्टर्ड बैंकले २७ करोड ९० लाख १० हजार, हिमालयन बैंकले ३१ करोड १८ लाख ७० हजार, नेपाल एसबीआई बैंकले १९ करोड ५१ लाख ५० हजार, एभरेष्ट बैंकले ३५ करोड ९५ लाख ४० हजार, बैंक अफ काठमाण्डूले १६ करोड ३० लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एनसीसी बैंकले २६ करोड ९२ लाख ६० हजार, माछापुच्छ्रे बैंकले २५ करोड ४२ लाख ६० हजार, कुमारी बैंकले २९ करोड २७ लाख ८० हजार, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख ७० हजार, लक्ष्मी बैंकले २३ करोड ४७ लाख ५० हजार र कृषि विकास बैंकले २६ करोड ८२ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सिटिजन्स बैंकले २४ करोड ९४ लाख १० हजार, प्राइम बैंकले ३९ करोड ५४ लाख, सनराइज बैंकले २४ करोड ३५ लाख १० हजार, एनएमबी बैंकले ३६ करोड ७ लाख ६० हजार, मेगा बैंकले २७ करोड ८६ लाख २० हजार, सानिमा बैंकले २८ करोड ६० लाख २० हजार, सिभिल बैंकले १७ करोड ७७ लाख ४० हजार र सेञ्चुरी बैंकले १७ करोड ३६ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार