26.1 C
Kathmandu

बुद्ध एयर एक्लैले नौ महिनामै कमायो साढे ७ अर्ब, अन्य वायुसेवाको हिस्सा कति ?

काठमाडौं । आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले ९ महिनाकोमै साढे ७ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसले सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँ र १ करोड ८० लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आन्तरिक हवाई उडानमा यात्रुको संख्या उल्लेख्य बढ्दा राम्रो आम्दानी गरेको जनाएको छ । साथै, आगामी दिनमा समग्र पर्यटकको संख्या बढ्दै जाने र आम्दानी पनि बढ्ने कम्पनीको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार