23.1 C
Kathmandu

चिनियाँ नेताको भ्रमण प्रभाव, रसुवागढी नाका खुल्यो

काठमाडौं । चिनियाँ नेताको भ्रमण प्रभाव स्वरुप चिन्ल्े रसुवागढी नाका खोलिदिएको छ । कोरोना भाइरस (कोभिड १९)का कारण बन्द रहेको रसुवागढी नाका आजैबाट सञ्चालनमा आएको भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

‘बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने जानकारी आएको छ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले अनलाइनखबरसँग भने, ‘दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने छन् ।

चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार