26.1 C
Kathmandu

बजारलाई पारदर्शी बनाउन टि प्लस टु को कार्यान्वयन महत्वपूर्ण

काठमाडौं/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बजारलाई पारदर्शी बनाउन टि प्लस टु को व्यवस्था कार्यान्वयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । सोमवार धितोपत्र बोर्डले आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा नवनियुक्त अध्यक्ष हमालले उक्तकुरा बताएका हुन ।

उक्त अवसरमा बोल्दै अध्यक्ष हमालले टि प्लस टु को व्यवस्था बमोजिम काम नगर्ने ब्रोकर कम्पनीलाई कारबाही गर्ने बताएका छन् । पूर्ण प्रविधिमैत्री भएको पूँजीबजारमा लगानीकर्ताहरुले तिर्नुपर्ने कमिसनका विषयमा पनि बोर्डले अध्ययन शुरु गरेकाबताउँदै अध्यक्ष हमालले सबै सरोकारवालाहरुलाई प्रभावकारी हुने गरी कमिसन निर्धारण हुने जानकारी दिए ।

साना लगानीकर्ताहरुलाई सधै सुरक्षित महसुस हुने गरी पूँजीबजारको विकास र विस्तार हुनुपर्नेमा उनले जोड दिँदै हामालले आफ्नो कार्यकालमा ६ ओटा कार्ययोजनालाई प्राथमिकता दिने बताए । जसमा बोर्डको संस्थागत क्षमता विकाससँगै, समय सान्दर्भिक नीति नियम, वित्तीय साक्षरता, बजारको स्थायित्व, विविधिकरण र लगानीकर्ताको हित रहेको उनले बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार